काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले मराठा अरेबियन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा अरेबियन्सले सन्दीपको टिम कर्नाटकालाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो ।
कर्नाटका लागि क्रिस लिनले ६१ तथा एडम ल्याइथले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
कर्नाटकाका लागि अहमेद राजा, नाथन र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
सन्दीपले २ ओभरमा २५ रन खर्चिएर १ विकेट लिएका हुन् ।
अरेबियन्सविरुद्ध मैदान उत्रदा कर्नाटका जितको खोजीमा हुनेछ । यस्तै अरेबियन्स पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।
सुपर लिगमा कर्नाटका ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ । यस्तै अरेबियन्स ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।