काठमाडौं । महिला फ्रेन्चाइज प्रतियाेगिता वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको विजेता टिमले पाउने उपाधि ट्रफी सार्वजनिक भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबार विजेता ट्रफी सार्वजनिक गरेको हो । आयोजकले सहभागी टिमका पाँच कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको हो ।
डब्लुसीएल भोलि (बुधबार) बाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेलमा किट क्याट काठमाडौं र चितवन राईनाेजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ । प्रतियोगिता कात्तिक ७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।