एजेन्सी । दक्षिण अफ्रिकी बलिङ अलराउन्डर क्रिस मोरिसले सिड्नी थण्डरबाट अष्ट्रेलियाको फ्रेन्चचाइज लिग बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।
सिड्नीले आगामी सिजनको बीपीएलका लागि मोरिससँग सम्झौता गरेको छ । सिड्नीका प्रशिक्षक शेन बोन्डले टी-ट्वान्टीमा निकै अनुभवी खेलाडी मोरिस अनुबन्ध गर्नु टिमलाई निकै फाइदा रहेको बताएका छन् ।
मोरिस दक्षिण अफ्रिकाको माजंसी सुपर लिग सकिएपछि मात्र सिड्नीमा आउने छन् । माजंसी सुपर लिग डिसेम्बर १६ मा सकिनेछ । सिड्नीले डिसेम्बर १७ मा ब्रिसबेनसँग पहिलो खेल खेल्दै बीबीएलको सुरुवात गर्नेछ ।
३२ वर्षे मोरिसले गत सिजन दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग खेलेका थिए । त्यसअघि उनले चेन्नई र राजेस्थानबाट समेत खेलिसकेका छन् ।