एजेन्सी । स्पेनिस डिफेन्डर डिएगो लोरेन्ट टिमको प्रशिक्षणमा फर्किएका छन् ।
कोरोना भाईरसको परिक्षण नेगेटिभ आएपछि लोरेन्ट युरो खेल्ने टिमको प्रशिक्षणमा फर्किएका हुन् ।
लिड्समा डिफेन्डर कोरोना पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका थिए । उनीसँगै कप्तान सर्जियो बुस्केट्सलाई पनि कोरोना देखिएको थियो ।
आजबाट सुरु हुने युरोकपमा स्पेन समूह 'ई' मा रहेको छ । यस समूहमा स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेको छ ।
स्पेनले स्विडेनसँग जुन १४ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।