नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा आज नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ ।
त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा जारी प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्यु डायमन्डले लगातार तेस्रो जित हात पारेको हो ।
उपाधी दावेदार मानिएको एपीएफले एभरेष्टलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५-९, २५-१२, २५-१२ ले तीनै सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।
किंग्स क्लब काठमाडौंको आयोजनामा हुने प्रतियोगिता साउन २७ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा विभागीय सहितका अन्य टोलीको सहभागीता रहने आयोजकले बताएको छ ।
सोमबार सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ ।