एजेन्सी । बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार अनुबन्धको नजिक पुगेको छ ।
स्पेनिस मिडियाहरुले बार्सिलोना ब्राजिलियन फरवार्ड नेयमार फिर्ताको नजिक पुगेको बताएका छन् ।
दुई क्लबबीच सहमति नबने पनि नेयमार फिर्ताका लागि बार्सिलोना नजिक पुगेको बताईएको छ ।
ब्राजिलियन सुपरस्टार नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य २ सय २२ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।
तर, पछिल्लो समय नेयमार बार्सिलोना फर्कन चाहिरहेको बताईएको छ ।
यस्तै पछिल्लो समय पीएसजीले बार्सिलोनाका ओसुमाने डेम्बेले अनुबन्धको योजना बनाईरहेको छ ।
डेम्बेले अनुबन्धका लागि पनि पीएसजीले नेयमार बार्सिलोना पठाउने बताईएको छ ।