एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार (आज) विभिन्न ३ खेल हुँदैछ ।
लिगमा आइतबार म्यानचेस्टर युनाइटेड, आर्सनल, एभर्टन लगायतको खेल हुनेछ ।
युनाइटेडले घरेलु मैदानमा वाट्फोर्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाइटेड वाट्फोर्डलाई हराउँदै शीर्ष पाँचमा उक्लन चाहन्छ । युनाइटेड ३८ अंकसहित लिगको सातौं स्थानमा रहेको छ ।
वाट्फोर्डलाई पराजित गरेमा युनाइटेड पाँचौं स्थानमा उक्लने छ । लिगमा २४ अंक जोडेको वाट्फोर्ड रेलिगेसन क्षेत्रमा रहेको छ ।
आर्सनलले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।
यस सिजन खराब लयमा रहेको आर्सनल जित निकाल्दै शीर्ष ७ भित्र उक्लन चाहन्छ । यस्तै एभर्टन पनि आर्सनललाई हराएर छैटौं स्थानमा उक्लन चाहन्छ ।
लिगको ११ औं स्थानको आर्सनलको ३४ अंक रहेको छ । दशौँ स्थानको एभर्टनको ३६ अंक रहेको छ ।
लिग अन्तर्गत अर्को खेलमा वुल्भ्स र नर्विचबीच प्रतिस्पर्धा हुनेछ ।