एजेन्सी । इटालियन सिरी 'ए' अन्तर्गत इन्टर मिलान र साम्पडोरियाबीचको खेल स्थगित गरिएको छ ।
कोरोना भाइरसको फैलावटको कारण इन्टर र साम्पडोरियाबीचको खेल स्थगित गरिएको हो ।
इन्टर र साम्पडोरियाबीचको खेल आइतबार हुने तय थियो । स्थगित खेलको नयाँ मिति अर्को शनिबार सार्वजनिक गरिने बताईएको छ ।
इन्टरले घरेलु मैदानमा हुने खेल रद्द भएको पुष्टि सामाजिक संजालबाट गरेको छ ।
लिगको २४ खेलमा ५४ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।
यस्तै भेरोना र काग्लीयरी तथा एट्लान्टा र सासोओउलोबीचको खेल समेत स्थगित गरिएको छ ।